विश्व मुटु दिवस


सेप्टेम्बेर २९ विश्व मुटु दिवस हो। मुटुरोग लाग्नु अरु धेरै कारणहरु मध्ये जानाकारी को कमि पनि एक हो। आफ्नो मुटुको हेरविचार गरौ। अरुलाई पनि सचेतना गरौ। जीबनशैलि परिबर्तन गरौ।

यो दृष्टान्त कुरा पढेर दिलमा माया स्वयं साच्नु है।

पुर्बै होश पुर्याई मुटुरोगको दिर्घायु भइ बाच्नु है।।

दुखैको पथ हो परन्तु उपचार गर्छौ भने रोगको।

होशै गर्नु सदा उत्तम सके खान पिना सोखको। ।

http://wenepali.com/2014/09/2172.html

सेप्टेम्बेर २९ लाई विश्व मुटु दिवसको रुपमा संसारभर मनाइन्छ । विश्वभर मुटुरोगिको संख्या दिन प्रतिदिन बढ्दै छ। यसमा पनि कोरोनरी मुटुरोग मान्छे मर्ने रोगहरु मध्य एक प्रमुख हो । अध्ययनले यो देखाएको छ कि दक्षिण एशिया र अफ्रो क्यारिबियनका मान्छेहरुलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना अन्यत्रकालाई भन्दा पांच गुना बढी हुन्छ। त्यसैले समयमा नै सजकता अपनाएर जीबनशैली परिबर्तन गरे मुटुरोगबाट बच्न या साबधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

मुटुबारे जानकारी

मुटु एउटा मांसपेशी हो र यो करिव हाम्रो मुठ्ठी जत्रो हुन्छ । यो करिव एक मिनेटमा ७० पल्ट धड्कन्छ र शरीरभरी रगत पम्प गर्दछ ।

जब मुटुले रगत छोड्छ, यो फोक्सोमा जान्छ जहाँ अक्सिजन लिन्छ । अक्सिजनयुक्त रगत मुटुमा फर्कन्छ र त्यसपछि आर्टरीहरूको माध्यमद्वारा शरीरका सम्पूर्ण अङ्गहरूमा अक्सिजन पम्प गर्दछ । रगत त्यसपछि नसाहरु (veins) द्वारा मुटुमा फर्कन्छ र पुन फोक्सोमा पम्प गरेर पठाइन्छ । यसलाई सञ्चार भनिन्छ । मांशपेशीले आफ्नै रगतको आपूर्ति कोरोनरी आर्टरीहरूबाट पाउछ । यिनीहरू मुटुको सतहका रक्तकोशिकाहरू हुन् ।

–यो चाहिँ छातीको बीच भागमा हुन्छ, मुटुको पुछारपट्टिको अन्तिम भाग अलिकति देव्रेतिर फैलिएको हुन्छ ।

–छातीको हाड (Sternum) र करङ्गले मुटुको रक्षा गर्दछ ।

–यसले शरीर भरी रगत पम्प गर्दछ ।

–मुटुमा पास हुने विद्युतीय इम्पल्सेज द्वारा यसको मसल (muscle) लाई नियन्त्रण गरिन्छ ।

–यसको दायाँ र बायाँ भाग गरी बाक्लो मसल भित्ता (Septum) द्वारा विभाजन गरिएको हुन्छ ।

–प्रत्येक भागलाई दुईमा विभाजन गरिन्छ, माथिको च्याम्बर हरूलाई आट्रिया र तलको च्याम्बर लाई भेण्ट्रिकल भनिन्छ ।

–त्यहाँ चार वटा भल्बहरू हुन्छ जसले एकै दिशामा रगत बग्नको लागि सुनिश्चित गर्दछ ।

मुटुको दाहिने माथिल्लो च्याम्बर (Right atrium) मा सम्पूर्ण शरीर भरिको रगत फर्कन्छ । यो बाया तल्लो च्याम्बर (Right lower chamber) मा बग्छ (Ventricle), फोक्सोमा पम्प त्यसपछि यसले गर्दछ जहाँबाट अक्सिजन यसले पाउँदछ । यो फोक्सोबाट फर्कन्छ र बाया आट्रियम( Left Atrium) मा प्रवेश गर्दछ । यो त्यसपछि बाया भेण्ट्रिकलमा आरोटा (Arota) मा पम्प गरिनु र शरीरका भागमा पुग्नु भन्दा पहिला बग्ने हुन्छ ।

कोरोनरी आर्टरी

मुटुले शरीरमा रगत पम्प गर्दछ यद्यपी मुटुको मांसपेशी आफैलाई रगतको आपूर्ति चाहिन्छ । स्पेसल रगत को भेसल (Blood vessels) को नेटवर्क लाई कोरोनरि आर्टरी भनिन्छ । यहाँ दुईवटा शाखाहरू हुन्छन् जुन मुटुको सतह मा रहन्छ र ३–४ mm फराकिलो हुन्छ, यिनीहरू सानो सानो भेसल मा विभाजन भई नेटवर्क बनाइन्छ जसले मुटुमा अक्सिजन आपूर्ति गर्दछ ।

कोरोनरी मुटुरोग भनेको के हो ?

कोरोनरी आर्टरीहरूको काम रगत र अक्सिजन मुटुको मांसपेशी (Heart muscle) लाई आपूर्ति गर्नु हो । कोरोनरी मुटुरोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरू मा विस्तार विस्तार चिल्लो जम्मा भइ साँघुरो बनाइन्छ । यो अवस्था लाई आर्थलोसोलोशिस (Atherosclerosis) भनिन्छ र चिल्लो जम्मा भएकोलाइ आर्थोरोमा (Atheroma) भनिन्छ ।

समयमा आर्टरी यति साँघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत (जस्तो व्यायाम गर्दामा) पठाउन सक्दैन । यस्तो अवस्थामा मुटुमा पिडा हुन्छ । यही दुखाइ या असजिलो हुनुको कारणलाई एन्जाइना (Angina) भनिन्छ ।

जव आर्थोरोमा अस्थिर बन्न पुग्छ, यो टुट्न सक्छ र रगत जम्ने (Blood clot) हुनसक्ने बनाउन सक्छ । यदि रगत जमेको (Blood clot)ले कोटोनरी आर्टरी बन्द (Block) गर्छ भने मुटुको मांसपेशी अक्सिजन र रगत नपाएर त्यसै रहन्छ (strave) र सधैको लागि नोक्सान हुन सक्छ । यसलाई हृदयघात भनिन्छ । हृदयघातको अवधिमा जीबन नै जोखिम हुन मुटुका रिदमहरु को विकास हुन सक्छ । त्यसैकारणले हृदयघातलाई मेडिकल अकास्मात को रूपमा उपचार गरिन्छ ।

हृदयघातको लक्षण छातीको बीच भागमा एकदम दुख्ने देखी छातीमा साधारण असुविधा हुन्छ जसले बिरामी जस्तो अनुभव गर्दछ । दुखाई चाहिँ एकदम गरुङ्गो या कसिंएको जुन दुखाइ पाखुरा, घाटी, गर्धन, पछाडि या भुडीमा पनि सर्न सक्दछ । घाटी, बंगारा, पाखुरा या भुडीमा मात्रै असर गर्न सक्छ । हृदयघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको हलुंगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू हृदयघात हुँदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् । हृदयघातले मुटुको रिदम लाई गडबड हुने कारण पनि हुन सक्छ ।

कहिलेकाहिँ हृदयघात ‘शान्त’ (Silent) हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । जस्तै कोही मान्छेहरूलाई छाती दुख्न यति कम हुन्छ कि डाक्टरकहाँ जाँदैनन् । अरू मेडिकल टेष्ट गर्दामा धेरै समय पछि थाह हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र हृदयघात भएको भन्ने पत्ता लाग्दछ ।

“कसैलाई हृदयघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स या अस्पताल पुग्नुपर्दछ । धेरै मान्छेहरू एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवनलाई जोखिममा राख्दछन । यसर्थ सकेको चाडै अस्पताल पुग्नुपर्दछ यसले जीवन बचाउन सक्दछ ।”

मुटुरोगका जोखिमका तत्वहरू र जीवनशैली

मुटुको रोग लाग्ने कुनै एउटा मात्र कारण छैन तर हामीलाई थाह छ कि केही तत्वहरूले मुटुको रोग लाग्ने सम्भावना बढाउँदछ । तल भनिएका विभिन्न जोखिमहरूले नै मुटुरोग लाग्छ । यसबाट बच्न आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्दछ ।

धूमपान : कोरोनरी मुटु रोग (CHD) लाग्नुका प्रमुख कारणमध्ये धूमपान एक हो, यसले हृदयघात हुने जोखिमलाई बढाउँदछ । हृदयघात भइसकेको मान्छेले धूमपान छोडे अर्को हृदयघात भई मर्ने जोखिमलाई कम गर्दछ ।
परिवारमा कोरोनरी मुटुरोगको इतिहास: कोरोनरी मुटुरोग परिवारमा सर्न सक्दछ । आफ्नो परिवारको सदस्य जस्तो बाबु आमा, दाजु, भाइ, दिदि बाहिनी फुपु, मामा, सानीआमा , ठुलीआमालाई यस्तो रोग लागेको छ भने यसका जोखिमका तत्वहरूलाई निवारण गर्न के गरिएको छ, यो पनि महत्त्वपूर्ण कदम हो ।
उच्च रक्तचाप: उच्च रक्तचापले हृदयघात र स्ट्रोक हुने जोखिम बढाउँदछ र यसले गर्दा मुटुका मांसपेशी लाई क्षति हुन्छ । त्यसकारण समयमा उच्च रक्तचापलाई नियन्त्रण गर्नुपर्दछ । यदि तपाईंलाई हृदयघात भएको छ भने तपाईंको रक्तचाप १३०/८० भन्दा मुनि हुने उद्देश्य राख्नु पर्दछ।
वजन बढी हुनु: स्वस्थ्यकर वजन राख्नाले रक्तचाप कम हुने र मुटुलाई कम काम गर्ने बनाउँदछ, यसले कोलेस्ट्रोल घटाउँदछ र मधुमेयको विकास हुने जोखिमलाई कम गराउँदछ । आफ्नो उचाई अनुरुपको वजन हुनुपर्दछ, भुँडीवरिपरि ३४’ भन्दा कम भएमा जोखिम घट्न सक्छ । यदि तपाई मदिरा सेवन गर्नु हुन्छ भने पुरुषले ३/४ युनिट र महिलाले २/३ युनिट भन्दा बढी सेवन गर्नु हुदैँन । अत्यधिक मदिरा सेवनले खास गरी रक्तचापलाई अधिक असर गर्दछ ।
(१ युनिट= 25 ml Sprit, Half pint Beer, 125ml wine)

चिन्ता: चिन्ताको प्रकृति र अर्थ हरेक मानिसमा फरक हुन सक्छ । एउटा व्यक्तिलाई भएको चिन्ता अर्को व्यक्तिलाई नहुन सक्छ । केही निश्चित मात्रामा चिन्ता हुनु आवश्यक हुन्छ, यसले हाम्रो जीवनमा काम गर्न हौसला र मद्धत पुर्‍याउँदछ । तब समस्या पैदा हुन्छ जव चिन्ता हाम्रो वशबाट बाहिर जान्छ । दैनिक बोझपूर्ण क्रियाकलापले दिमागलाई शिथिल बनाई मानिस संयमबाट दूर भएको अवस्था विशेष नै चिन्ताग्रस्त परिवेश हो । चिन्ताले विभिन्न किसिमबाट प्रभाव पार्न सक्छ । यसले गलत क्रियाकलाप लाइ उक्साहित गर्न सक्छ। जस्तै टेन्सन भयो भनि धुम्रपान गर्नु, बोर लाग्यो भनि रक्सी पिउनु, अल्छी लाग्यो भनेर सुत्नु आदि।
व्यायामको कमी: मुटु मांसपेशी भएकोले यसलाई स्वस्थ्य राख्न ब्यायामको जरुरि पर्दछ। जो मानिस शारीरिक हिसाबमा क्रियाशील छैन उसलाई क्रियाशील भएको मान्छे भन्दा दुई गुना बढी मुटुरोग लाग्ने हुनसक्छ । हृदयघात भइसकेको मान्छेलाई क्रियाशील जीवनले बचाउन सक्दछ।
उच्च रगत कोलेस्ट्रोल (रगतमा बढी चिल्लो, (Hyperlipidaemia हुनु): रगतमा धेरै कोलेस्ट्रोल भएमा यसले मुटुरोग लाग्ने जोखिम बढाउँदछ । कोलेस्ट्रोल बढाउने मुख्य काम चिल्लो (बोसो) खासगरी जनावरबाट पाइने चिल्लो ले अत्यधिक गर्छ । हृदयघात भएको या कोरोनरी मुटुरोगीको कोलेस्ट्रोर mmoill (mmoi/1 means milliomols per litre) हुनुपर्दछ ।
अस्वस्थ्यकर खाना: राम्रो प्रमाण देखिएको छ कि फलफूल र सब्जीले मुटुलाई राम्रो गर्दछ । विभिन्न किसिमका फलफूल र तरकारी दिनको घटीमा ५ पोर्सन खानुपर्दछ । तेलयुक्त माछा र ओमोगा (Omega-3 fats) सधै खाएमा कोरोनरी मुटु रोगलाई कम गर्न सकिन्छ र हृदयघात भएका मान्छेलाई बचाउन सहयोग गर्दछ । तेलयुक्त माछामा खास गरी ओमेगा ३ पोलीअनस्याचुरेटेट फ्याट (Omega-3 Polyunsaturated fat) पाइन्छ । हप्ताको दुई पोर्सन यी माछा खाने उद्देश्य राख्नुपर्दछ । तेलायुक्त माछाहरु जस्तै साल्मन , माकेरेल , ट्राउट ,सार्डिन आदि (१ पोर्सन माछा = १४२ ग्राम)
मधुमेय: मधुमेयले कोरोनरी मुटुरोग लाग्ने जोखिम प्रबल रूपले बढाउँछ । यदि तपाईं पुरुष हुनुहुन्छ र Type-2 मधुमेय छ भने मधुमेय नभएको मानिसलाई भन्दा तपाईंलाई २/४ गुना बढी मुटुरोग लाग्ने सम्भावना बढ्छ। यदि तपाई महिला हुनुहुन्छ र Type-2 मधुमेय छ भने जोखिम अरू बढी हुन्छ । तपाईंलाई ३–५ गुना बढी मुटुरोग लाग्ने जोखिम हुन्छ । मधुमेयले कोलेस्ट्रोल लेभल बढाउने र उच्च रक्तचाप हुने आदि अरू जोखिमका तत्वहरूलाई बढाउन सक्छ ।
उल्लेखित कुराहरु ध्यान दिएमा मुटुरोगबाट बच्न या सावधान हुन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

१. मुटुरोगका जोखिमका तत्वहरुमाथि ध्यान दियौ, कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्रा, आफ्नो तौल जस्ताको आफ्नो नम्बर जानौ। यसअनुसार जीबंनशैली बदलौ।

२. दिनमा ६ ग्राम भन्दा कम नुन खाऔं ।

३. दिनमा घटिमा ५ पोर्सन फलफूल र सब्जी खाऔँ

४. ब्यायाम गरौँ र क्रियाशील होऔँ

५. मदिरा सावधानी पूर्वक तोकिएको परिणाम मात्र पिऔँ । (१ युनिट= 25 ml Sprit, Half pint Beer, 125ml wine)

६. जरुरी भए वजन घटाऔँ

७. धूमपान त्यागौँ

८. चिल्लो कम खाऔँ, जनावर बाट पाइने चिल्लो (Saturated fat) लाई धेरै कम गरौँ ।

९. चिन्तालाई समयमा कम गरौँ ।

१o. यदि मुटुरोगका जोखिमका तत्वहरु बढ्छ भने अरू जीवनशैली र खानामा प्रयत्न गरौ र डाक्टरलाई भेटौँ।

तपाइलाइ आफ्नो नाम, ठेगाना थाह भएजस्तै तपाइले आफ्नो कोलेस्ट्रोल, रक्तचाप, रगतमा चिनीको मात्राको नम्बर थाह पाउनुस। बर्षमा घटीमा एकपल्ट रगत जाच्नुहोस। यसले कोरोनरि मुटुरोग बाट बच्न या साबधान हुन महत्वपुर्ण भूमिका खेल्न सक्छ।

छाती दुखेको बेवास्ता नगरौ, मुटुरोगका जोखिमका तत्वहरुमाथि ध्यान दियौ। मुटुरोग बाट आफुपनि बचौ , अरुलाई पनि बचायौ। मुटुरोगबाट पिडित मानिसहरुलाई सतर्कता अपनाउन लगाउदै सामान्य जीवनयापन गर्न उक्साहित गरौ।

विकल आचार्य
आचार्य कोरोनरी मुटुरोग २०१० का लेखक र नेप्लिज हार्ट फाउन्डेसन, युके अध्यक्ष हुन् ।

आचार्य कोरोनरी मुटुरोग २०१० का लेखक र नेप्लिज हार्ट फाउन्डेसन, युके अध्यक्ष हुन् ।